गतवर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या



सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ ।

सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएका जनाइएको छ ।

त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत