प्रदूषण नियन्त्रणका लागि दिल्लीले विकल्प खोज्दै



भारतको संघीय राजधानी दिल्लीको जल तथा वायु प्रदुषण नियन्त्रणका लागि सरकारले विद्युतीय सवारी साधन तथा प्रदुशित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विविध विकल्पहरूको प्रयोग गरिरहेको छ । चीसो मौसममा वायु प्रदुषणका कारण भारतीय राजधानीमा प्रदुषित ग्यासको अत्यधिक भण्डारणले यहाँका मानिसहरू प्रदूषित वातावरणमा जियन बाध्य बनेका छन् । यहाँ फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ ।

सहरबाट निस्केको फोहोरका चाङहरू सहर वरीपरी थुपारिँदा पछिल्ला बर्षमा उक्त क्षेत्रमा वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढेको छ । दिल्ली राज्यका वातावरण मन्त्री गोपाल राईले प्रदूषण नियन्त्रणका लागि यो बर्षको जुलाई र अगस्टसम्म अर्थात् मनसुनी याममा ३५ लाख औषधिजन्य बोटबिरूवा रोपिने बताए ।

यसअन्तर्गत दिल्लीमा शहरी खेतीदाई समेत प्रोत्साहन गर्ने बताइएको छ । यसले नागरिकलाई घरमा उत्पादित तरकारी प्रयोगको संस्कृति विकास गर्ने कार्बन उत्सर्जन तहलाई नियन्त्रणमा राख्ने प्रयास गरिने उनले बताए ।

दिल्ली सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको र यहाँका सडकमा अन्य राज्यमा भन्दा बढी विद्युतीय सवारी साधन चलिरहेको देख्न पाइन्छ । यसै बर्षको अप्रिलमा सरकारले ल्याएको मौद्रिक नीतिमा विद्युतीय गाडीमा कर छुट दिँदै देशमा नै यसो गर्ने पहिलो राज्य बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत