भूकम्प प्रभावित अफगानिस्तानका लागि अमेरिकाले एक करोड डलर दिने



संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।

मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो । मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताए । भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो ।

बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाहरू र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्लाहरू बर्माल, गियान र स्पेरामा करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन् । भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन् । भारतले पनि तालिवान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत