इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने



इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जाने भएका छन् । इराकी सरकारी समाचार समिति आइएनएले प्रधानमन्त्री भ्रमणकोबारेमा जानकारी दिएको हो । उनी अर्को हप्ता इरान र साउदी अरेबिया जाने भएका हुन् । उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नेछन् । उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जानेछन् ।

यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयाहरुमा वार्ता अघि बढाइने बताएका थिए ।

क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरुको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ । इराकले गत वर्षमात्र पनि इरान र अन्य खाडी देशहरुसँग वार्ता निरन्तर गरेको थियो ।

साथै इराकले इरानसँग गत वर्षमात्र पनि चार राउण्डमा वार्ता गरेको थियो । आणविक उर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाव जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा