क्रोएसियामा सन् २०२३ देखि यूरो प्रचलनमा ल्याइने



क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ । यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा यूरो प्रयोगमा आउने निश्चित भएको हो ।

यूरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा यूरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ । यूरोपका धेरै देशमा राष्ट्रिय मुद्रको रुपमा प्रयोग हुँदै आएको यूरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्ने भएको छ । यस पटक यूरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ ।

क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशहरुले भने अहिले अनुमति पाएका छैनन् । यूरो प्रचलनमा ल्याउन पाउनु पर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन गरी ६ देश रहेका छन् । उनीहरुले धेरै मापदण्डहरु पुरा गर्न बाँकी रहेकाले यूरो प्रचलनका लागि अहिले नै अनुमती दिन नसकिएको यूरोपेली आयोगका अधिकारीहरुले जनाएका छन् ।

यूरो प्रचलनमा ल्याउनका लागि निवेदन दिएका देशहरुले सुरु गरेको प्रक्रियाका बारेमा पेस गरिएको प्रतिवेदनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले टिप्पणी गरेका छन् र उनले भने, “यूरो ग्रहण गर्ने क्रोएसियाको प्रक्रिया सन्तोषजनक भएकाले क्रोएसिया अव यूरो ग्रहण गर्ने तर्फ उन्मुख भएको छ, क्रोएसियालाई बधाई छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको

म्यान्मामा रकेट आक्रमणमा चारजनाको मृत्यु, १२ घाइते

  मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा  भएको रकेट आक्रमणमा चार जनाको

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

  जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन्