भारत र पाकिस्तानबीच सोमबार नयाँदिल्लीमा वार्ता हुने



भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ । वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्या बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार नयाँदिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन् ।

दुवै पक्षले बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछन् । त्यसैगरी सिन्धु जल सन्धिको धारा ९ अन्तर्गत एक हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६२४ मेगावाटको किरु आयोजना निर्माणबारे विचारविमर्श गर्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानी प्रतिनिधिमण्डल वाघा नाका हुँदै नयाँदिल्ली पुग्ने सोमबार र मङ्गबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । पाकिस्तानी आयुक्त सैयद मेहर अली शाहको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार भारत प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीको हत्या गर्न रुसद्वारा समन्वित दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

  युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा

पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा