कोभिड, मङ्कीपक्स र युक्रेन युद्धका कारण विश्वलाई गम्भीर चुनौतीः डब्ल्यूएचओ



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखटेड्रोस एड्हानोम गेहब्रेयससले विश्वले कोभिड, युक्रेन युद्ध र मङ्कीपक्ससहित विभिन्न चिन्ताजनक चुनौती सामना गरिरहेको बताएका छन् । डब्ल्यूएचओ प्रमुख टेड्रोसले अफ्रिकाबाहिर १५ देशमा फैलिएको मङ्कीपक्सबारे छलफल गर्न जेनेभामा भइरहेको बैठकका त्यस्तो बताएका हुन् ।

युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी व्यक्तिमा मङ्कीपक्स सरेको पुष्टि भइसकेको छ । तर बिफरजस्तै भाइरसबाट सर्ने यो रोगबाट सर्वसाधारणलाई निकै कम जोखिम भएको विज्ञहरूको भनाइ छ । मध्य र पश्चिम अफ्रिकाका दुर्गम भेगमा भेटिने मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने र यसको सङ्क्रमण गम्भीर प्रकृतिको नहुने बताइएको छ ।

यो भाइरसबाट सङ्क्रमणको केही सातामै बिरामी आफैँ निको हुने बेलायतको नेशनल हेल्थ सर्भिसले बताएको छ । तर अफ्रिकाबाहिर यो रोग १५ देशमा फैलिनु विज्ञहरूका लागि अचम्मको विषय बनेको छ । बेलायतमा स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई तीन साता एकान्तवास बस्न सुझाव दिएका छन् ।

बेल्जियम सङ्क्रमितले तीन साता क्वारन्टीनमा बस्नुपर्ने नियम बनाउने पहिलो देश बनेको छ । डब्ल्यूएचओले यसअघि कुनै पनि देशको नाम नलिईकन मङ्कीपक्सका अरू सन्दिग्ध सङ्क्रमणबारे अध्ययन गरिरहेको र थप मानिसमा सङ्क्रमण पुष्टि हुन सक्ने बताएको थियो ।

बेलायतमा पहिलो पटक मङ्कीपक्सका बिरामी भेटिएपछि युरोपका अन्य देशमा पनि उक्त रोग पुष्टि भएको थियो । स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनले शनिवारसम्म यो सङ्क्रमण पुष्टि गरेका थिए । मङ्कीपक्स आइतवार अस्ट्रिया र स्विट्जरल्यान्डमा पनि पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही