बुचा नरसंहारको अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा



युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले त्यहाँ छरिएका कङ्कालको दृश्य निराशाजनक भएको बताएका छन् ।

जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता जनाएकी छन् । भिडियोमा सर्वसाधारणहरूको शव सहर र पछाडिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हात बाँधिएको देखिएको थियो ।

रुसले ती तस्बिरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा ’युक्रेनी कट्टरपन्थीका उत्तेजनात्मक’ कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने माग गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन् । युक्रेनी सर्वसाधारणहरूलाई रुसले निशाना बनाएकोमा निन्दा गर्दै एउटा भिडियो सन्देशमार्फत उनले त्यस्तो बताएका हुन् ।

यसअघि युक्रेनका अभियोजकहरूले चार सय भन्दा बढी शवहरू किएभ नजिकैका नगरहरूमा फेला परेको बताएका थिए । जेलेन्स्कीले रुसले ती क्षेत्रहरूबाट फिर्ता हुने क्रममा युक्रेनीहरूविरूद्ध नरसंहार गरेको भन्दै रुसी अपराधलाई दण्डित गर्न नयाँ प्रतिबन्धहरू मात्रै पर्याप्त नहुने बताए ।

किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रुसी फौजहरू फर्कने क्रममा जथाभाबी हत्या गरिएका दाबी गरिएका छन् । युक्रेनी विदेशमन्त्रीले रुसी फौजले ’योजनाबद्ध रूपमा नरसंहार मच्चाएको’ दाबी गरेका छन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण