युक्रेन र रुसबीच नयाँ चरणको शान्ति वार्ता हुँदै



युक्रेन र रुसबीच मङ्गलबार टर्कीको इस्तानबुलमा अर्को चरणको शान्ति वार्ता शुरु हुँदैछ । स्थानीय समय अनुसार बिहान १०:३० बजे शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ।

यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।

‘मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्,’ कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको छ । युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन् भने चौथो चरण भिडियो मार्फत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ