शान्तिवार्तामा रुसी अर्बपति अब्रामोभिचलाई सन्दिग्ध विषको असर



रुसी अर्बपति रोमन अब्रामोभिच यसै महिनाको सुरुमा युक्रेन–बेलारुस सीमामा भएका शान्तिवार्तामा सन्दिग्ध विषको असरयुक्त लक्षणसाथ देखिएको उनीनिकट स्रोतहरूले जनाएका छन् ।

चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको थियो । दुईजना युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ । उक्त सन्दिग्ध विष प्रयोग वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको जनाएको छ ।

ती आरोपहरू देखापर्न थालेपछि एकजना नाम नखुलाइएका अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थासँग बोलेका थिए । अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ ’वातावरणीय’ पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन् ।

र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू ’ठिक’ भएको र उक्त खबर ’झुटो’ रहेको बताएका छन् । यस घटनाले युक्रेन र रुसबीचको वार्तामा अब्रामोभिचको मध्यस्थकर्ताको भूमिका उजागर गरेको छ । तर उनको भूमिका कस्तो छ भन्ने अझै प्रस्ट छैन ।

अब्रामोभिच यसै महिनाको सुरुमा कयौँ पटक भएका वार्ताका लागि यात्रा गरेका थिए र उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेत भेटेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ