आइएसको आक्रमणबाट ११ इराकी सैनिकको मृत्यु



इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको छ ।

दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस्थित सैनिक शिविरमा मध्यरातमा आक्रमण गर्दा सैनिकतर्फ क्षति भएको प्रान्तीय सुरक्षा प्रमुख मेजर अला अल–सादीले जानकारी दिए । आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नु अघि एक अधिकृतसहित ११ सैनिक जवानको हत्या गरेका थिए ।

आक्रमणकारीहरूले तापक्रममा आएको उल्लेख्य गिरावटको फाइदा उठाएर सैनिक चौकीमा आक्रमण गर्दा सेनातर्फ धेरै षति हुन पुगेको अल सादीले बताए । आक्रमणपछि दियाला प्रान्तका इराकी सुरक्षाबल उच्च सतर्क अवस्थामा राखिएको छ भने दियालाको प्रान्तीय परिचालनको उच्च पदस्थ सुरक्षा अधिकारीहरू घटनाको जाँच गर्न घटनास्थल पुगेका बताइएको छ ।

विगत महिनाहरूमा इराकमा आतंकवादी समूह घोषित आइएसआइएसले उनीहरूबाट यस पहिले सरकारी फौजले नियन्त्रण गरेका प्रान्तहरूमा इराकी सुरक्षा बलविरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने

  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारी घट्यो

  जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक

पाकिस्तानमा भारी वर्षाका कारण कम्तीमा एकसय ४३ जनाको मृत्यु

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु

कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

  उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा