सोमालियामा साउदी अरबले पुनः दूतावास खोल्ने



साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खोल्ने गर्ने घोषणा गरेको छ । साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो । आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पूनःखोल्ने निष्कर्षमा पुगिएको अधिकारीको भनाइ छ ।

दूतावास पुनःसञ्चालनमा ल्याउने र आपसी सम्वन्ध र सहकार्यलाई बढाउने बारेमा छलफल गर्न साउदी अरबको टोलीले गत जुनमा सोमालियाको भ्रमण गरेको थियो । साउदी अरबले सन् १९९१ मा सोमालियामा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।

सोमालियामा त्यति बेला भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न चीनको चेतावनी

चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त

मङ्कीपक्स भाइरसको प्रकोप नियन्त्रण गर्न सकिन्छः डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस

ताइवानको रक्षा गर्न शक्ति प्रयोग गर्ने अमेरिकी चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको

मङ्गल ग्रहमा ‘भूकम्प’: वैज्ञानिक अभियान केही साता मात्र बाँकी

मङ्गल ग्रहमा नासाले पठाएको ’इन्साइट प्रोब’ मा ऊर्जा अभाव भएको छ । त्यसकारण