अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारमा ११ वर्ष जेल



म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् ।

सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैैन्य कूविरुद्ध प्रदर्शन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ । स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सय भन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौ पक्राउ परेका थिए ।

करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए । उनलाई अन्य नागारिकलाई उक्साउने, गैरकानूनी रुपमा भिसा नियम उल्लङ्घन गरेकोलागयतका आरोपमा एघार वर्षको जेल सजाय सुनाइएको उनका वकिल थान जाव आङले जानकारी दिए । उनको मुद्धा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भइनसकेको ती वकिलले बताए ।

पक्राउ परेका पत्रकार फेन्स्टरलाई याङ्गुनको इन्सेन जेलमा राखिएको छ  ।  उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ । उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ । फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत