आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको सङ्केत



पहिलो पटक खगोलशास्त्रीले आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको सङ्केत फेला पारेका छन् । अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५ हजार वटा ‘बाह्यग्रह’ फेला परेका छन्।

तर ती सबै ’मिल्कीवे’ भनिने हाम्रो पृथ्वी ग्रह पनि रहेको आकाशगङ्गामा छन् । शनिग्रहको आकारको उक्त सम्भावित ग्रह मेसीअर ५१ नामक आकाशगङ्गामा छ। नासाको ‘चन्द्र एक्सरे टेलिस्कोप’ले उक्त खगोलीय पिण्ड फेला पारेको हो ।

उक्त पिण्ड मिल्कीवेबाट २.८ करोड प्रकाशवर्ष टाढा अवस्थित छ । खगोलपिण्डहरूको पारगमनका आधारमा उक्त पिण्ड ग्रह हुन सक्ने निष्कर्ष निकालिएको हो। पारगमनका बेला ताराअगाडि पुगेको ग्रहले ताराको प्रकाश छेकिदिन्छ ।

त्यसबाट धमिलो चमक घट्छ जसलाई दूरबिनले पत्ता लगाउन सक्छ । यो सामान्य प्रविधि प्रयोग गरेर हजारौँ बाह्यग्रह पत्ता लगाइएको छ । डा. रोजेन डि स्टेफानो र उनका सहकर्मीहरूले ‘एक्सरे ब्राइट बाइनरी’ भनिने वस्तुबाट प्राप्त एक्सरेमा चमक घट्ने क्रम खोजेका थिए ।

ती वस्तुमा विशेषगरी ‘न्यूट्रन स्टार’ वा नजिकैको ताराबाट आफूतिर ग्यास तान्ने ‘ब्ल्याक होल’ पर्छन्। न्यूट्रन स्टार वा ब्ल्याक होलनजिकै हुने तत्त्व निकै तात्छ र एक्सरेको तरङ्गदैर्ध्यमा चम्किन्छ। उक्त टोलीले यही विधि प्रयोग गरेर एम५१–यूएलएस–१ नामक युग्मतारा प्रणालीमा अवस्थित उक्त सम्भावित बाह्यग्रह पत्ता लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही