भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ सङ्क्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक दिनमा २८ हजार २४६ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमित भएकाको सङ्ख्या थोरै भएकाले सङ्क्रीय सङ्क्रमितको सङ्ख्या कम हुँदै आएको हो । भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित