फार्क विद्रोहीको आक्रमणबाट कोलम्बियामा पाँच जनाको मृत्यु



कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको सार्वजनिक प्रतिष्ठानमा भएको सेनाले जनाएको छ ।

सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार आक्रमण हुदै आएको पाइन्छ ।

एक गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरु अन्धाधुन्ध गोली चलाएका सेनाद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । यस घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

न्युयोर्क । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजापट्टीबाट करिब चार लाख प्यालेस्टिनी विस्थापित

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार

अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १४ वटा देशमा आपत्कालीन

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’ : नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुख मार्क रुटले चीनको सशस्त्र