चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी



कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।

कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ ।

प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ । खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी बयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ । परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जीयम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित