इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध



इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन् ।

त्यसैगरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दवाब सृजना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ । विषेश गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा