चिनियाँ फोन प्रयोग नगर्न लिथुएनिया सरकारको आग्रह



लिथुएनियाको रक्षा मन्त्रालयले उपभोक्ताहरूले चिनियाँ फोन फाल्नु पर्ने र नयाँ किन्न नहुने बताएको छ । त्यहाँको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय नेशनल साइबर सेक्युरिटी सेन्टरले चिनियाँ उत्पादकहरूका फाइभजी मोबाइल फोनहरूको परीक्षण गरेको थियो ।

अनुसन्धानकर्ताहरूले अध्ययन गरेका एउटा शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने औजारहरू जडान रहेको र अर्को हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने फेला पारेका थिए ।

हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने नगरिएको जनाएको छ । लिथुएनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले भने, ‘नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्नु पर्छ भन्ने हाम्रो सुझाव छ।’

लिथुएनियामा गरिएको अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जसले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा फ्रि टिबेट, ताइवानको स्वतन्त्रता सम्बन्धी लङ लिभ ताइवान इन्डिपेन्डेन्स वा प्रजातान्त्रिक आन्दोलन जनाउने डिमोक्रेसी मुभमेन्ट जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्दछन् ।

उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन ।

शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ । हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा