चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप लगाइयो



चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।

चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ ।

कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा