अस्ट्रेलिया र अमेरिकाले झुट बोलेको फ्रान्सका विदेश मन्त्रीको आरोप



अस्ट्रेलिया, वेलायत र अमेरिकाबीच हालै भएको एक सुरक्षा सम्झौताबाट चिढिएको फ्रान्सका विदेश मन्त्रीले अस्ट्रेलिया र अमेरिकालाई झूटो बोलेको आरोप लगाएका छन् ।

सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णय गरिसकेको छ । फ्रान्स टू टेलिभिजनसँगको अन्तरवार्तामा विदेश मन्त्री जाँ यिभ ल द्रियाँले ती देशहरूले दोहोरो चरित्र देखाएको, विश्वास तोडेको र आफूहरूको मानमर्दन गरेको आरोप लगाए ।

ओकस नाम दिइएको त्रिदेशीय सम्झौतापछि अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने प्रविधिमा पहुँच पाउनेछ । सम्झौतासँगै फ्रान्ससँग पनडुब्बी खरिद गर्ने अर्बौँ डलरको सम्झौता अस्ट्रेलियाले खारेज हुने जनाएपछि पेरिस रुष्ट बनेको छ । वेलायत पनि सहभागी भएको सम्झौतालाई दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा हेरिएको छ ।

सार्वजनिक घोषणाको केही घण्टा अघि मात्रै सम्झौताबारे फ्रान्सलाई जानकारी गराइएको थियो । विदेश मन्त्री ल द्रियाँले शनिवार एक अर्काका सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् ।

उनका अनुसार राजदूतहरूलाई परिस्थितिको पुनःमूल्याङ्कनका लागि फिर्ता बोलाइएको हो । विदेश मन्त्री ल द्रियाँले वेलायत निरन्तर अवसरवादी भएको आरोप लगाउँदै त्यहाँबाट राजदूत फिर्ता गर्नुपर्ने आवश्यकता नदेखिएको बताए ।

वेलायतका नवनियुक्त विदेश मन्त्री लिज ट्रसले द सन्डे टेलिग्राफमा एक लेख प्रकाशित गर्दै सम्झौतामा वेलायतको सहभागिताको बचाउ गरेका छन् । उनले सम्झौताले वेलायत आफ्नो हित रक्षाका लागि कति कठोर बन्न सक्छ भन्ने देखाएको उल्लेख गरे ।

सम्झौतासँगै अस्ट्रेलिया पनि परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी राख्ने सातौँ देश बन्नेछ । सँगसँगै उसले परिष्कृत साइबर क्षमता, आर्टिफिशिल इन्टेलिजन्ससहित समुद्रमुनि प्रयोग हुने अन्य प्रविधिहरूमा पहुँच पाउनेछ ।

यसको घोषणासँगै फ्रान्ससँग १२ वटा पनडुब्बी किन्ने अस्ट्रेलियाको ३७ अर्ब अमेरिकी डलरको सम्झौता समाप्त भएको छ । क्यानबेराबाट फिर्ता हुनुअघि अस्ट्रेलियाका लागि फ्रान्सका राजदूत जाँ पियरे थेबाल्टले एकतर्फी रूपमा सम्झौता भङ्ग गर्ने अस्ट्रेलियाको निर्णय ठूलो गल्ती भएको बताए । यता चीनले सम्झौतामा सहभागी तीन राष्ट्रहरूलाई शीतयुद्धको मानसिकता कायम राखेको आरोप लगाएको छ ।

ह्वाइट हाउसका एक अधिकारीले असहमतिहरू समाधान गर्न वाशिङ्टनले निकट भविष्यमै फ्रान्ससँग छलफल गर्ने बताएका छन् । अस्ट्रेलियाकी विदेश मन्त्री मरीस पेनले फ्रान्सको चित्त दुखाइ आफूहरूले पनि महसुस गरेको बताएकी छन् । उनले द्विपक्षीय सम्बन्धको महत्व बुझेर फ्रान्स अघि बढ्ने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा