भारतमा थप २५ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार विहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये केरला राज्यमा मात्रै ९९ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

केरलामा थप १५ हजार ५८ जना नयाँ सङ्क्रमित थपिएका छन । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ८७ हजार ५७९ पुगेको छ भने कुल मृतकको सङ्ख्या चार लाख ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा झण्डै २५ हजार जना नयाँ सङ्क्रमित हुँदा ३७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकहरुको सङ्ख्यामा झण्डै १२ हजारले बढी देखिएको छ ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको छ ।

पछिल्लो विवरणअनुसार भारतमा अहिले तीन लाख ६२ हजार २०७ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या दैनिक घट्दै गएको छ । भारतमा अघिल्लो दिन तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यो सङ्ख्या ८१ दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त

पाकिस्तानमा बजेटपछि बढ्यो मुद्रास्फीति 

आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ

सन् २०२४ मा मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी

इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको