इथियोपियामा हजारौँ टिग्रे विद्रोही मारिएका सेनाको दाबी



इथियोपियाको सेनाले आफूसँग देशको उत्तरी भेगमा युद्ध गरिरहेको टिग्रेका विद्रोही समूहका ५ हजार ६०० जनाभन्दा बढी सदस्य मारिएको दाबी गरेको छ । उक्त क्षेत्रमा गत नोभेम्बर महिनादेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । वरिष्ठ सैन्य अधिकारी बाशा डुबेलका अनुसार २,३०० विद्रोही घाइते भएका छन् भने २,००० पक्राउ परेका छन् ।

उनले कति समयावधिमा ती विद्रोहीहरू हताहत भएका हुन् भन्ने खुलाएनन्। तर संवाददाताहरू पछिल्ला युद्धमै त्यति सङ्ख्यामा विद्रोहीहरू मारिएको वा घाइते भएको हुनसक्ने ठान्छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण लाखौँ मानिसहरूले भोकमरीको मारमा परेका छन् । लेफ्टिनेन्ट जेनरल डुबेलले टीपीएलएफ भनेर चिनिने टिग्रे पीपल्स लिबरेशन फ्रन्टले इथियोपियालाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

टीपीएलफको एउटा समूहले टिग्रे र अम्हाराबीचको सीमामा रहेको हुमेरा क्षेत्र नियन्त्रणमा लिने प्रयास गरेको भए पनि त्यो पूर्ण रूपमा विफल भएको उनले बताएका छन् । सेनाको दाबीबारे टीपीएलएफले कुने प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री आबी अहमद र टिग्रे क्षेत्रको प्रमुख राजनीतिक शक्ति टीपीएलएफबीच लामो समयसम्म चलेको असमझदारीपश्चात् गत वर्ष दुई पक्षबीच युद्ध सुरु भएको थियो ।

सेनाका कैयौँ शिविरमा गरिएका आक्रमणमा टीपीएलएफको हात रहेको आरोप लगाउँदै सङ्घीय सरकारले टिग्रे क्षेत्रमा प्रादेशिक सरकारलाई विस्थापित गर्नका लागि सेना परिचालन गरेको थियो । त्यस क्रममा हजारौँ मानिसले ज्यान गुमाएका थिए भने लाखौँ मानिस घर छाडेर भाग्न बाध्य भएका थिए । दुवै पक्षलाई बलात्कार र हत्यासहित अत्याचार गरेको आरोप लगाइएको छ ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घले टिग्रे क्षेत्रमा सहायता दिने प्रक्रियालाई सरकारले प्रभावकारी रूपमा अवरुद्ध गरेको आरोप लगाएको छ । उसले लाखौँ मानिसको जीवन खतरामा रहेको चेतावनी दिएको छ। तर शनिवार इथियोपिया सरकारले भने सहायताका लागि पछिल्लो दुई दिनमा १५२ ट्रकसहित कुल ५०० वटा ट्रक उक्त क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त

पाकिस्तानमा बजेटपछि बढ्यो मुद्रास्फीति 

आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ

सन् २०२४ मा मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी

इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको