जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने



जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जिम्मेवारी लिएको झण्डै एक बर्षमै उनी जिम्मेवारीबाट बाहिरिन लागेका हुन् । उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।

उनको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्नुपर्नेछ । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेवारी छोड्ने जनाइएको छ ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताएका थिए । प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिए ।

उनले अघिल्लो बर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । लामो समय जापानको नेतृत्व गरेका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक वर्षमात्रै जापानको नेतृत्व गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घरपरिवार विस्थापित

भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका

चीनमा भारी वर्षाका कारण करिब दुई लाख मानिस विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी