उत्तर कोरियाद्वारा चिनियाँ खोप अस्वीकार



उत्तर कोरियाले झन्डै ३० लाख मात्रा कोभिड खोप अस्वीकार गर्दै अन्यत्र प्रदान गर्न भनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका एक प्रवक्ताले उत्तर कोरियाले विश्वमा खोप अभाव भइरहेका बेला ती खोपहरू अतिप्रभावित देशहरूलाई प्रदान गर्न भनेको बताए ।

उत्तर कोरियालाई गरिब देशहरूलाई खोप प्राप्त गर्न सघाउने कोभ्याक्स कार्यक्रमअन्तर्गत चीनमा निर्मित सिनोभ्याक खोप दिन सकिने बताइएको थियो । अगस्ट १९ सम्म उत्तर कोरियामा कोरोनाभाइस सङ्क्रमणको कुनै विवरण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले साप्ताहिक प्रतिवेदनमा उत्तर कोरियामा हालसम्म स्वास्थ्यकर्मी र रुघाजस्तो रोग लागेका ३७,२९१ जनामा परीक्षण गरिए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको बताएको छ ।

महामारी सुरु भएयता नै उत्तर कोरियामा कडा नियमहरू लगाइएको बताइएको छ । गत वर्ष जनवरीमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो । उत्तर कोरियाले खोप अस्वीकार गरेको यो पहिलो पटक भने होइन ।

जुलाईमा आस्ट्राजेनेका खोपको लगभग २० लाख मात्रा खोप उत्तर कोरियाले सम्भावित नकारात्मक असरबारे चिन्ता जनाउँदै अस्वीकार गरेको दक्षिण कोरियाली गुप्तचर निकायसँग सम्बन्धित संस्थाले जनाएको थियो ।

जुलाईमै रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले पत्रकारहरूलाई उत्तर कोरियालाई पटकपटक रुसी खोप दिन खोजिएको बताएका थिए । उत्तर कोरियाले खोपको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएको छ । त्यहाँका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले अमेरिका र युरोपमा देखिएका खोपका नकारात्मक असरका बारेमा सामग्री प्रकाशन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घरपरिवार विस्थापित

भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका

चीनमा भारी वर्षाका कारण करिब दुई लाख मानिस विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी