कश्मिरका पृथकतावादी नेता गिलानीको निधन



कश्मिरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । अल पार्टी हुर्रियत कन्फ्रेन्सका अध्यक्ष रहेका गिलानीको गएराति निधन भएको हो ।

पिडिपीका नेता महबाबु मुफ्तीले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका भारतीय संचार माध्यमले जनाएका छन् । यता कश्मिरमा गिलानीको निधनपछि प्रतिबन्धहरु थप गरिएका छन् ।

सरकारले इन्टरेट सेवा पनि बन्द गरिदिएको छ । कश्मिरको सोपोर विधानसभामा तीन पटक विधायकको भूमिकामा निर्वाचित उनको जन्म २९ सेप्टेम्बर १९२९ मा भएको थियो।

कश्मिरलाई भारतको भाग नमानेका कारण भारतले उनको पासपोर्टसमेत खोसेको थियो । कश्मिरमा दंगा भड्काएको भन्दै भारतले उनीमाथि देशद्रोहको मुद्दासमेत लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घरपरिवार विस्थापित

भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका

चीनमा भारी वर्षाका कारण करिब दुई लाख मानिस विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी