अफगान सैन्य विमान उज्बेकिस्तानमा खसालियो



उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो । उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएनन्।

अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतबार साँझ भर्ना गरिएको बताएका छन् ।

तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हाड भाँच्चिएको जानकारी ती चिकित्सकले दिए । आइतबार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन् । अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ ।

अफगानिस्तानका मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतबार राजधानी काबुल प्रवेश गरेका थिए । उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए ।

अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ ।

अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने ठूलो सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन् । ६० भन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई

पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था

केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता

सुरक्षा परिषदद्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै