२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश



अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको छ ।

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको हो । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।’

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका आउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीको हत्या गर्न रुसद्वारा समन्वित दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

  युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा

पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा