अस्ट्रेलियाको सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन



अस्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ । गत जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टका कारण झन्डै तीन हजार मानिस सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । पाँच सातायता लकडाउन जारी रहे पनि देशको सबैभन्दा ठूलो सहर सिड्नीमा सङ्क्रमण फैलिने क्रम जारी छ ।

शुक्रवार थप १७० जनामा सङ्क्रमण पुष्टि भएको छ । तर लकडाउन कार्यान्वयनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ। धेरै मानिसले त्यसलाई अनावश्यक मानेका छन् ।

कम्तीमा अगस्ट २८ तारिखसम्म कायम रहने लकडाउनले मानिसलाई आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ ।

अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू धेरै सङ्क्रमण फैलिएका स्थानहरूमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिनेछन् । लकडाउनमा १० किलोमिटरभन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ ।

स्टेट पुलिस मिनिस्टर डेभिड एलिअटले सिड्नीका केही मानिसले आफूहरूलाई नियम लागु नहुने ठान्ने भएकाले पछिल्लो कदम सहयोगी हुने बताएका छन् । स्वास्थ्य अधिकारीहरूद्वारा उपलब्ध गराइएको सूचनाअनुसार मुख्यतया अनुमतिमा हुने गरेका हिँडडुलका कारण नै सङ्क्रमण बढिरहेको सङ्केत पाइएको छ ।

सङ्क्रमणले विशेषगरी अत्यावश्यक क्षेत्रमा काम गर्ने मानिसलाई तथा सहरका गरिब एवं जातीय विविधता भएको पश्चिमी क्षेत्र र दक्षिणपश्चिमी बाह्य भेगमा ठूला परिवारहरूलाई प्रभावित पारेको छ । अस्ट्रेलियामा वयस्क जनसङ्ख्यामा खोप लगाउने प्रतिशत १३ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत