हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार



हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो । राष्ट्रपतिको हत्या गर्नेहरुले उहाँकी पत्नीलाई घाइते समेत बनाएका छन् । उहाँको अहिले अमेरिकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा दोषी भएको आशंकामा २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रमाण र आधारहरु भेटिँदै गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी