भारतमा कोरोना संक्रमणबाट १२०६ जनाको मृत्यु



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.४८ प्रतिशत रहेको छ ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा थपिएका सङ्क्रमितहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ९७.२० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी