भारतमा थप ४३ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी कुल सङ्क्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि सङ्क्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पछिल्लो एक दिनमा पनि नयाँ सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन । सोही अवधिमा अरु ४४ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको शुक्रबार विहान जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार ९३९ रहेको छ ।

देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६.८९ करोड मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । त्यसैगरी बिहीबारसम्म भारतमा कुल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी