रसियाली विमान दुर्घटनामा २८ जनाको मृत्यु



रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।

विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो । त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरुले बताएका छन् ।

विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए । रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान शुरु गरेको छ ।

दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरु समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए ।
कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बले विमान समुद्रको चट्टानी भागमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी दिए । यो रुटमा विगतमा पनि हवाई दुर्घटना हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी