ब्राजिलमा भारतीय खोप खरिदबारे छानबिन हुने



ब्राजिलको सर्वोच्च अदालतले भारतबाट कोभ्याक्सिन खोपको खरिदमा भएको हुन सक्ने भ्रष्टाचारबारे छानबिन गर्न अनुमति दिएको छ । शुक्रवार एक न्यायाधीशले उक्त प्रकरणमा राष्ट्रपति जाइर बोल्सोनारूको भूमिकाको अनुसन्धान गर्न गरिएको अनुरोधलाई मन्जुरी दिएका हुन् ।

गोप्य सूचना बाहिर ल्याइदिएका स्वास्थ्य मन्त्रालयका एक अज्ञात कर्मचारीले कोभ्याक्सिन खरिदको विषयमा बढी मूल्य तिरेर वरिष्ठ अधिकारीहरूले घुस लिएको जानकारी पाए पनि बोल्सोनारूले कारबाही नगरेको आरोप लगाएका छन्।

उनले वरिष्ठ अधिकारीले भारतमा बनेको खोपमा घुस लेनदेन हुन लागेको जानकारी राष्ट्रपतिलाई तीन महिनाअघि नै दिइएको दाबी गरेका छन्।

बोल्सोनारूले यी आरोपहरू अस्वीकार गरेका छन्। उनले महाभियोग प्रक्रिया अघि बढाउन विपक्षीहरूले आफूविरुद्ध जथाभाबी आरोप लगाइरहेको जनाएका छन्। यसैबीच बोल्सोनारू र उनको सरकार कोरोनाभाइरसको महामारीलाई सम्बोधन गर्न चुकेको भन्दै ब्राजिलका सहरहरूमा प्रदर्शनहरू भइरहेका छन्।

दशौँ हजार मानिसहरू सहभागी भइरहेका ती प्रदर्शनमा खोप कार्यक्रमलाई गति दिन र समाजका अति विपन्न वर्गलाई आर्थिक सहयोग उपलब्ध गराउन भनिएको छ।

साओ पाउलो, रिओ द जेनेरो सहित लगभग एक सय सहरमा भएका प्रदर्शनमा राष्ट्रपति बोल्सोनारूविरूद्ध महाभियोगको प्रक्रिया थाल्न पनि माग गरिएको छ।

पछिल्ला प्रदर्शन स्वास्थ्य मन्त्रालयले दशौँ लाख खोप खरिद अघि बढाउँदा भ्रष्टाचार भएका आरोपहरू बाहिर आएपछि शुरू भएको हो।

राष्ट्रपति बोल्सोनारूले निरन्तर कोभिड–१९ को सङ्क्रमणको गम्भीरतालाई कम आँकेका विवरणहरू आएका थिए।

सङ्गठित रूपमा कोभिड प्रतिकार्य कार्यक्रम अघि नबढाएको एवम् खोप, लकडाउन र मास्क लगाउनुपर्ने जस्ता अत्यावश्यक सुरक्षा उपायहरूलाई खुकुलो बनाउने प्रयास गरेकाले उनको चर्को आलोचना भइरहेको छ।

स्वास्थ्य इन्स्टिच्युट फिओक्रुजले ब्रजिलको अवस्था चिन्ताजनक भन्दै त्यहाँ जम्मा ११ प्रतिशत वयस्कहरूले पूर्ण रूपमा खोप लगाएको जनाएको छ ।

अघिल्लो महिनादेखि त्यहाँका कैयौँ सहरहरूमा रेस्टुराँ, बार र पसलहरू खुलेका थिए भने चोकहरूमा हिँड्दा धेरै मानिसहरूले मास्क लगाउने वा सामाजिक दूरी कायम गर्ने गरिरहेका छैनन् ।

अघिल्लो महिना नै त्यहाँ कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको थियो। कोभिड–१९ का कारण ज्यान गुमाएको उक्त सङ्ख्या अमेरिकापछि सबैभन्दा उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी