जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन् । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ ।

प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए ।

जम्मु कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारे । झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मिरका १४ नेता सहभागी भएका थिए ।

उनीहरुका कुरालाई प्रधानमन्त्री मोदीले ध्यानपूर्वक सुनेका थिए । भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो ।

प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए । उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ ।

जम्मु र कश्मिरका नेताहरुसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेका जनाइएको छ । जम्मु कश्मिरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरुका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने

  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारी घट्यो

  जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक

पाकिस्तानमा भारी वर्षाका कारण कम्तीमा एकसय ४३ जनाको मृत्यु

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु

कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

  उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा