ब्राजिलमा कोरोना संक्रमणबाट पाँच लाख भन्दा बढीको मृत्यु



ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् ।

यो समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको हो । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ ।

यहाँ सन् २०२० फेब्रुअरी २६ बाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात् सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएका छन् ।

हिजो आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएका थिए । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ ।

यो संख्यासँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् । ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सक्रङ्मणको एक किसिमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ ।

ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका