मुम्बईमा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु



पश्चिम भारतको मुम्बईमा एउटा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ ।

मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसी मराठीले जनाएको छ । भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन् ।

मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन् । बुधवार राति भवन भत्किएको घटनाबारे छानबिन गर्न अधिकारीहरूले निर्देशन दिएका छन् ।

महाराष्ट्र राज्यका एक मन्त्रीले ठूलो वर्षाका कारण उक्त दुर्घटना भएको बताएका छन् । ठूलो वर्षा हुन सक्ने सम्भावना भएकाले जीर्ण भवनबाट मानिसहरूलाई अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन् । वर्षाका कारण विभिन्न क्षेत्रमा पानी जम्न थालेकाले मुम्बईमा उच्च सतर्कता अपनाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत