यमनमा हुथी बिद्रोही समुहको मिसाइल आक्रमण,१७ जनाको मृत्यु



यमनमा हुथी बिद्रोही समुहले गरेको मिसाइल आक्रमणमा सात बर्षिया बालिकासहित १७ जनाको मृत्यु भएको छ ।

यमनको मारिब शहरमा प्रहार गरिएको मिसाइल सोही शहरमा रहेको पेट्रोल पम्पमा खसेपछि भीषण आगलागी भएको जनाइएको छ । मिसाइल आक्रमणलगत्तै हुथी बिद्रोहीले सोही शहरको ब्यस्त बजारमा बिस्फोटक ड्रोन प्रक्षेपण गर्दा दुई वटा एम्बुलेन्स ध्वस्त भएका छन् ।

यमनको मारिव शहर कब्जामा लिने प्रयासमा रहेको हुथी बिद्रोहीले सो शहरलाई निशाना बनाई पटक पटक आक्रमण गर्दै आएको छ । यमनमा सन् २०१४ देखि सरकार र बिद्रोही समुहबीच जारी संघर्षका कारण हालसम्म १ लाख ३० हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

जर्मनीमा नवीकरणीय ऊर्जाबाट लगभग ६० प्रतिशत बिजुली उत्पादन हुने

बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास

भारतको बायर्निहाट शहर विश्वव्यापी प्रदूषण सूचीको शीर्ष स्थानमा

नयाँदिल्ली । स्वीस वायु निगरानी कम्पनी आईक्यु एयरद्वारा जारी गरिएको विश्व वायु गुणस्तर

चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण

बेइजिङ । चीनले गतवर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी