भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला



भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा कोभिड–१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।

नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । कोरोना विरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।

हालै भियतनामामा फेला परेको कोरोना विरुद्धको नयाँ भेरियन्टले विरामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

  आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको

बेलायती विदेशमन्त्रीद्वारा जीवन रक्षाको ‘स्पष्ट योजना’ बिना रफाह आक्रमण अस्वीकार

  बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले  जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५