युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड डोज खोप उपलब्ध गराउने



युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड डोज खोप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिए । विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भीक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए ।

कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरीका धेरै देशहरुलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा विद्रोही लडाकूबीच भएको विवादमा ११ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा

उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्वारा चिन्ता व्यक्त

चीनले बिहीबार कोरियाली प्रायद्वीपको स्थितिप्रति ‘चिन्ता’ व्यक्त गरेको छ । प्योङयाङले आफ्नो आणविक

युक्रेनको खार्किभमा पुनः रूसी हमला, दुईजनाको मृत्यु, ३४ घाइते

    युक्रेनी सहर खार्किभमा भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

वासिङ्टन । नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार