बङ्गलादेशमा कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित



बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको पहिलो मात्रालाई थप केही दिन नलगाउनेगरी अभियानलाई स्थगित गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार गरेको निर्णयबारे एक विज्ञप्ति जारी गरी तत्कालका लागि खोप लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ । कोभिड–१९ खोप व्यवस्थापन कार्यदलका महासचिव मोहम्मद शमशुल हकले पत्रकारसँग भने, “खोपको अभाव भएकोले तत्कालका लागि यो निर्णय भएको हो ।”

उनले भने, “यस पहिले कोभिड–१९ खोपको पहिलो मात्रा लगाएका व्यक्तिका लागि दोस्रो मात्राभने पूर्व योजनाअनुसार नै लगाइने छ ।” बङ्गलादेशमा हालसम्म करिब ६० लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको पहिलो मात्रा लगाइसकिएको छ ।

बङ्गलादेशले जनवरी २१ मा ‘सेरम इन्स्टिच्युट अफ इण्डिया’ बाट उपहारका रूपमा एस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा प्राप्त गरेको थियो भने थप ५० लाख सोही कम्पनीसँगबाट जनवरीमा नै किनिसकेको र खोप जनवरीको २५ गते बङ्गलादेश पुगिसकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब