महामारीसँग जुध्न भारतलाई सहयोग गर्ने पाकिस्तानद्वारा इच्छा व्यक्त



कोरोना भाइरसको दोस्रो लहरमा महामारीका कारण अतिप्रभावित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न पाकिस्तान तयार पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालय आइतबार एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको हो । “महामारीको यो सङ्कटका बेला हामी भारतका नागरिकको साथमा छौँ । पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ ।”

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले आफ्नो आधिकारिक ट्वीटरमा गरेको पोस्टमा भनिएको छ, “पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।” पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै भनेका छन्, “छिमेकी तथा विश्वभर घातक भाइरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ ।”

यसैगरी युरोपेली संघ र अमेरिकाले पनि भारतमा देखिएको महामारीलाई कम गर्न आवश्यक सहयोग गर्न उनीहरू तयार रहेको आइतबार बताएका छन् । कोरोना भाइरसको महामारी विश्वकै सङ्कट रहेकाले सम्पूर्ण मानव समुदाय मिलेर जुध्नु पर्छ । यसैबिच गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले भारतमा महामारी तीव्र रुपमा बढिरहेको र त्यो अति चिन्ताको विषय रहेको बताएको थियो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोभिड–१९ बाट दुई हजार ७६७ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ व्यक्तिको मृत्यु भइसकेको छ ।

कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण