भारतमा एकैदिन १३४१ जना कोरोना संक्रमितको मृत्यु, दुई लाख ३४ हजारलाई संक्रमण



भारतमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यसैगरी गरी पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको संक्रमणबाट कारण मृत्यु भएको छ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६ सय ४९ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार नाघेको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २६ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजारभन्दा बढी रहेको छ ।

भारतमा अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ डोज खोप लगाइसकिएको छ । पछिल्ला दिनमा महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, बिहारलगायतका राज्य संक्रमण फैलने क्रम तीव्र बनेको छ । संक्रमण रोक्न विभिन्न राज्यहरुमा कर्फ्यु र लकडाउन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न