भारतमा एकैदिन एक लाख ५२ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।

भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा गार्डहरूले यौन दुर्व्यवहार गरी किशोरीको हत्या गरेको रिपोर्टलाई अस्वीकार

महसा अमिनीको मृत्युपछि सन् २०२२ मा भएको विरोध प्रदर्शनमा रिभोल्युसनरी गार्डहरूले यौन दुर्व्यवहार

गाजा युद्धविरामको प्रस्तावको अध्ययन ‘सकारात्मक भावना’ बाट भइरहेको हमासको भनाइ

  हमासका प्रमुख इस्माइल हानियेहले हमासले गाजामा करिब सात महिनादेखि जारी युद्धमा ‘सकारात्मक

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र २६ दशमलव नौ प्रतिशतले सङ्कुचित

एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने एडिबीको अनुमान

एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा