महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो



विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।

यो पहिलेको वर्ष स्न २०१९ को भन्दा धेरै नै कमी हो भनिएको छ । संयुक्त राष्ट्रसंघीय निकायको तथ्यांकअनुसार सन् २०२० मा मात्र पनि विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय उक्त निकायले परिभाषित गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

प्रतिवेदनमा विश्वमा आप्रवासीका रुपमा बस्न थालेका नागरिकहरुमध्ये विश्वका २० देशमा नै सबैभन्दा बढी रहेका पाइएको बताइएको छ । यसमध्ये आप्रवासीहरु सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् ।

त्यसैगरी सन् २०२० मा अमेरिकामा मात्र ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए । त्यसैगरी जर्मनीमा १ करोड ६० लाख , साउदी अरेबियामा १ करोड ३० लाख र रुसमा १ करोड २० लाख र बेलायतमा ९० लाख नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत

भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन