इन्डोनिशयाको गुफामा ४५ हजार वर्ष पुरानो जीवको चित्र फेला



इन्डोनेशियाको एउटा गुफामा पुरातत्वविद्हरूले झन्डै ४५ हजार वर्ष पुरानो एउटा भित्तेचित्र फेला पारेका छन् । उनीहरूले जङ्गली सुँगुरको उक्त चित्र अहिलेसम्म भेटिएका त्यस्ता कलाकृतिमा सबैभन्दा पुरानो भएको बताएका छन् ।

गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपको एउटा दुर्गम उपत्यका अवस्थित लिएङ टेडोङ्गे गुफामा छ । उक्त चित्रले सो क्षेत्रमा मानव बसोबास रहेको पुरानो प्रमाण उपलब्ध गराएको छ ।

‘यो चित्र जसले कोरे ती पूर्ण रूपमा आधुनिक थिए। उनीहरू हामीजस्तै थिए। उनीहरूसँग आफूले चाहेको जुनसुकै प्रकारको चित्र बनाउने क्षमता र साधन थियो,’ साइन्स एड्भान्सेस जर्नलमा प्रकाशित शोधका सहलेखक म्याक्सिम औबर्टले भने । औबर्टले गुफामा चित्रमाथि क्याल्साइट अर्थात् चुन जमेको पत्ता लगाएपछि यूरेनीअम-सिरीज आइसटोप विधि प्रयोग गरेर चुन कति अघि जमेको थियो त्यो पत्ता लगाएका थिए ।

त्यसबाट उक्त चित्र कम्तीमा ४५ हजार वर्ष पुरानो भएको निश्चित भएको छ । चौडाइ ५३ इन्च र लम्बाइ २१ इन्च रहेको उक्त चित्रमा देखिएको जीवको अनुहारमा सिङजस्तै गाँठाहरू छन्। त्यस्ता अवयव उक्त प्रजातिको जङ्गली सुँगुरको भालेका विशेषता हुन् ।

सुँगुरको चित्रपछाडि हत्केलाका दुईवटा छाप छन् जुन अन्य दुई सुँगुरतिर फर्केको देखिन्छ। तर ती सुँगुरका चित्र भने आंशिक रूपमा मात्र सुरक्षित छन् । यो चित्र विश्वकै सबैभन्दा पुरानो आकृति देखिएको तस्बिर भए पनि सबैभन्दा पुरानो मानवनिर्मित चित्र भने होइन । अर्का शोधकर्ता एडम ब्रमले भने, ‘उक्त सुँगुर अन्य दुई सुँगुरले जुधेको वा अन्तरक्रिया गरेको हेरिरहे जस्तो देखिन्छ।’

हत्केलाको छाप मनाउन कलाकारले पहिला भित्तामा आफ्नो हात राखेको र त्यसपछि रङ्ग थुकेर छ्यापेको हुनुपर्ने शोधकर्ताहरूले बताएका छन् । उनीहरू थुकको अवशेषमा प्राचीन चित्रकारको डीएनएनको नमुना सङ्कलन भेटिने आशामा छन् ।

यो चित्र स्पष्ट जीवाकृति भएको सबैभन्दा पुरानो कलाकृति हुनसक्छ तर मानवनिर्मित प्राचीनतम कलाकृति भने हैन । दक्षिण अफ्रिकाका भेटिएको ह्याशट्याश (३) जस्तो चित्र ७३,००० वर्ष पुरानो भएको विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत