पाकिस्तानको अदालतद्वारा ‘कुमारीत्व परीक्षण’ गैरकानुनी ठहर



मानव अधिकारकर्मीहरूले बलात्कारको अनुसन्धानमा ’कुमारीत्व परीक्षण’ गर्ने कार्यलाई गैरकानुनी मान्ने पाकिस्तानी अदालतको निर्णयको स्वागत गरेका छन् । पन्जाब प्रान्तमा लागु हुने उक्त आदेशपछि महिलाको योनिमा औँला छिराएर परीक्षण गर्ने चलन अन्त्य हुनेछ ।

लाहोर उच्च अदालतका न्यायाधीश आयिसा मलिकले त्यस्तो जाँच ’अपमानजन’ रहेको र त्यसको ’विधिविज्ञानमा कुनै महत्त्व नरहेको’ बताएकी छन् । पन्जाब प्रान्तमा दर्ता भएका दुईवटा याचिका दर्ता भएपछी यो निर्णय आएको हो । बलात्कारका घटनामा चिकित्सकीय मूल्याङ्कनको रूपमा गरिने त्यस्ता जाँचको वैज्ञानिक आधार नभएको अभियानकर्मीहरूको दाबी छ ।

उक्त आदेश अन्य प्रान्तहरूका लागि पनि नजिर बन्न सक्ने बताइएको छ । सिन्ध प्रान्तको उच्च अदालतमा एउटा त्यस्तै याचिका विचाराधीन छन् । महिलाको योनिमा एउटा वा दुइटा औँला छिराएर त्यसको खुकुलोपना र योनिच्छद अर्थात् योनिको मुखमा हुने तन्तुको झिल्लीको अवस्था जाँच्ने कार्यले सैद्धान्तिक रूपमा महिलाहरू यौनिक गतिविधिमा क्रियाशील भए वा नभएको अनि त्यस्तो क्रियाशीलता कुन तहको छ भनेर निक्र्यौल गर्ने चलन छ ।

केही चिकित्सकहरूको दाबीअनुसार त्यस्तो जाँचले कुनै महिलाको पहिलो पटक यौनक्रिया भएको हो होइन भन्ने छुट्याउन सक्छ । अनि त्यस्तो जाँचले बलात्कारका पीडितलाई नै पहिल्यै यौन गतिविधिमा अनुभवी भएको भन्दै उनीहरूलाई दोष दिन प्रयोग गर्ने गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो जाँच औचित्यहीन रहेको र त्यसको वैज्ञानिक आधार नरहेको स्पष्ट रूपमा बताएको छ । उसले त्यसलाई मानवअधिकार हनन मान्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय

बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका