साउदी अरबले कतारमाथि लगाएको प्रतिबन्ध हटाउने



साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ । साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो । एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए । यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए ।

सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ । साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमलाई कुवेती विदेशमन्त्री अहमद नासिर अल-सबाहले टेलिभिजनबाट घोषणा गरेका हुन् । केही अघिसम्म कुवेती मध्यस्थता खासै परिणाममुखी देखिएको थिएन ।

यो सहमति गराउन अमेरिकी प्रशासनले धेरै देखिनेगरी भूमिका निर्वाह गरेको छ । कतारका इमिर तमिम बिन हमाद अल थानीले मङ्गलवारको सम्मेलनमा जानका लागि साउदी राजा सल्मानको निम्ता स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत