नाइजेरियामा बोको हरामले अपहरण गरेका ३४४ विद्यार्थी मुक्त



नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक साताअघि बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका छन् । राज्यका गभर्नर अमिनु मासारीले अपहरित विद्यार्थी मुक्त भएका जानकारी दिएका हुन् ।

अपहरणमा आतङ्ककारी समूह बोको हरामको हात रहेको छ । अपहरण मुक्त भएका प्रायःविद्यार्थीहरु केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएका छन् । हाल ती विद्यार्थीहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताएका छन् ।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई डिसेम्बर ११ का दिन विद्यालयमा आक्रमण गरी बन्दुकधारी समूहले अपहरण गरेका थिए ।

स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थीहरुलाई छिमेकी राज्यको एक विशाल जंगलमा लगिएको थियो । बोको हरामले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।

नाइजेरियाको बोको हराम समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत