कराँचीमा बम बिस्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु, १५ घाइते



पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

बिस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन । मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम बिस्फोट भएको जानकारी दिएका छन् । प्रत्यक्षदर्शीले बिस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन् ।

अघिल्लो दिन शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम बिस्फोटन हुँदा केही मानिस घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा